Wednesday , December 13 2017
Home > Blog > बिनोद घिमिरेको “नक्कली” को म्यूजिक भीडियो सार्वजनिक

बिनोद घिमिरेको “नक्कली” को म्यूजिक भीडियो सार्वजनिक

कला संस्कृति मंचको प्रस्तुति तथा एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्विसेजको लागानीमा अष्ट्रेलियाको मेलबर्न निवासी बिनोद घिमिरेको स्वरमा रहेको “नक्कली” बोलको गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्वजनिक भएको छ । बिनोद घिमिरेको स्वर तथा संगीतमा सजिएको उक्त गीतको म्यूजिक भीडीयोलाई बलिवुडका सुपर स्टारहरुसँग काम गरिसकेका दीपक सिंह रावतको नृत्यले निकै आकर्षक बनाएको छ । नेपाल लगायत अष्ट्रेलियामा आफ्नो छुट्टै अस्तित्व कायम गर्दै आएका निकै ब्यस्त छायाकार जीवन रसाइलीको छयांकन रहेको यस म्यूजिक भीडियो विदेशीको कोरियोग्राफ र विदेशीको अभिनय रहेको पहिलो र निकै महँगो पनिरहेको बिनोद घिमिरेले बताएका छन् । म्यूजिक भीडीयोमा दीपक रावतलाई विदेशी कलाकार एन्ज सीमातोस, लाउरा केल्ली र नोल्ली वीक्सले साथ् दिएका छन् । विदेशी भूमिमा बसेर नेपाली भाषा, साहित्य र कला संस्कृति प्रतिको मोह प्रशंसनीय छ । गायक बिनोद घिमिरेले नेपाली सांगीतिक आकाशमा आधा दर्जन जति गीत गाइसकेका छन् भने पहिलो पल्ट नेपाली लोक दोहोरी गीत (तीज) विदेशमा छायांकन गरेर छुट्टै इतिहाँस समेत कोरिसकेका छन् । साहित्यमा समेत रुचिरहेका घिमिरेले पुस्तक समेत प्रकाशन गरिसकेका छन् ।

म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …