Wednesday , December 13 2017
Home > Blog > रत्यौलीमा गायिका कला पंगेनीले आँखा सन्काइन

रत्यौलीमा गायिका कला पंगेनीले आँखा सन्काइन

गोर्खा रेडियो, लोक गायिका कला पंगेनी र गायक तेजेश रेग्मीको स्वरमा सजिएको रत्यौली गीत “टेक टेक अखेटे लौरी” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र रेड एप्पल मीडियाले युट्युबमार्फत सार्बजनिक गरेको छ । केहि समय अघि सार्बजनीक भएको गायिका कला पंगेनी र पशुपति शर्माद्वारा गाइएको जोगाउनुछ काला पानी बोलको गीत पनि युट्युबमा निकै लोकप्रिय हुँदै आइरहेको छ । यसपटकको गीतमा भने नेपाली संस्कृति अनि परम्पराको चलनचल्तीमा रहेको रत्यौलीलाई स्मरण गराउने प्रयास गरिएको गायिका पंगेनीले बताइन । यस गीतको म्यूजिक भीडीयोलाई बुटवलस्थित मिर्मिरे रोधीघरमा छायांकन गरिएको छ भने म्यूजिक भीडीयोमा गायक तथा गायिका स्वयमको प्रत्यक्ष्य भूमिका रहेको छ । तेजेश रेग्मीको शब्द संगीत अनि बिनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भीडीयोको निर्देशन तथा सम्पादन बिष्णु भट्टराइले गरेका छन् ।

म्यूजिक भीडीयो हेर्न तलको भीडीयो प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …