लण्डन । घरघरमा टेलिभिजन छन् । सबैसँग मोवाइल फोन छ । मोबाइलमा इन्टरनेट पहुँच, हात–हातमा फेसबुक । गाउँमा मोटर बाटो पुगेको छ । दिनहुँ आधुनिक सुविधाहरू थपिँदा छन् । स्वास्थ्य चौंकी, सार्वजनिक स्कुलदेखि निजी बोडिङ स्कुलमा अध्ययनरत छन् बालबालिका । अथाह छ सम्भावना र अवसर गाउँमा । उत्पादनशील जमिन छ, फलफुल र तरकारी खेतीको प्रशस्तै सम्भवना छ । पर्यटन त्यस्तै छ, परम्परागत पेशासमेत प्रसस्तै सम्भवना छ त्यहाँ । स्वच्छ हावा पानी, तर पनि रोकिएको छैन गाउँ रित्तो पारेर हिँड्नेको लस्कर । पछिल्लो समय अमलाचौरका घरहरु रित्तो हुँदै गएका छन् । मानिसहरु हुने खाने भएपछि बिके बेचेर र नबिके जग्गा जमिन बाँझै छाडेर हिँड्नेहरू बढेका छन् । खेत बाझै, बारी बाँझै छन् । सित्तैमा जमिन दियो भने पनि कमाएर खानेसमेत कोही छैन् । बाग्लुङ नगरपालिका– १२ (अमलाचौर गाविस) को सरङदेखि ज्यामिरेसम्मको ३ किलोमिटरको बाटोमा करिब ४० घर खाली भइसकेका छन् । यसरी गाउँ रित्तो पारेर हिँड्नुको एउटै कारण हो– सुरक्षित भविष्यका लागि वैदेशिक रोजगार । केही वर्ष अघिसम्म अमलाचौर गाविसबाट वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने संख्या नगन्य थियो । सुरुका दिनमा धेरै नेपाली, भारतका विभिन्न शहरमा राजगारीका लागि जान्थे । पछि पहुँचवाला तथा साहुँले पत्याउने ऋण काढेर भए पनि जापान, अमेरिका, युरोपतिरका देशतिर लागे । पछिल्लो ४ वर्षको अन्तरालमा वैदेशिक रोजगारीको मूल फट्यो । कोरिया, कतार, युएई, मलेसिया, साउदी अरबलगायतमा मुलुकप्रति आर्कषण बढ्यो । गाउँबाट युवा पलाएन हुन् थाले । वैदेशिक रोजगारीमा जानेले दुःख सुख पैसा वचत गरेर पोखरा, चितवन, कुस्मा, बाग्लुङ बजार, काठमाडौंतिर सासानो जमिनको टुक्राको जोहो गर्न थाले । वैदेशिक रोजगारी तथा विदेशमा काम गर्नेहरुको रहनसहनमा विस्तारै परिवर्तन हुन् थाल्यो । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सुन्न र हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।