Thursday , January 18 2018
Home > Blog > शिव परियार र स्वेच्छा भन्छन “यो दुनियाँको के भर”

शिव परियार र स्वेच्छा भन्छन “यो दुनियाँको के भर”

गोर्खा रेडियो, लोकप्रिय गायक शिव परियार र स्वेच्छा ठकुरीको स्वरमा सजिएको नेपाली चलचित्र “निर्भय” को एउटा रोमान्टिक गीत सार्वजनिक भएको छ । देवी प्रसाद पाण्डेद्वारा निर्मित तथा प्रसिद्धि सिने आर्ट्सको पहिलो प्रस्तुति नेपाली चलचित्र निर्भयको लागि लागि गाइएको उक्त गीतको मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । “यो दुनियाँको भर के” बोलको गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् । यस गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुंगानाको साथमा सुशील पोख्रेल,विकास चापागाईं, विशाल पहाडी, कृष्ण शिवाकोटी,प्रदिप ढकाल, प्रज्वल गिरी र रश्मि भट्ट जस्ता कलाकारहरुले अभिनय गरेका छन् । यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्र निर्भयमा हिमाल केसीको एक्शन रहेको छ । वि.स. २०७३ सालको अन्तिम अर्थात चैत्र ११ गतेबाट यस चलचित्रको प्रदर्शनी गरिने भएको छ ।

भीडियो हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …