Home > Blog > पशुपति शर्मा र कला पंगेनीको लोक दोहोरी – जोगाउनु छ कालापानी

पशुपति शर्मा र कला पंगेनीको लोक दोहोरी – जोगाउनु छ कालापानी

चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा र लोक गायीका कला पंगेनीको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र बजारमा आएको छ । प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका छन । मलाई अमेरीका यही पछी प्राय गीत हरु माया प्रेम प्याटर्नमा निकालेको र आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षीत भएको कुरा गायक शर्माले बताए । अन्तरा गुनगुनाउदै गायक शर्मा अगाडी भन्छन,
बनाउनु छ चौतारी पिपल अनी बर को,रोक्नु पर्छ परदेशीने नेपालीको लर्को !!
यो गीत निकै शंदेशमुलक समेत रहेको छ । परदेशीएका युवा हरुको जमात लाई रोक्ने आशय रहेको कुरा समेत गीतमा समावेश भएको कारण यो गीत प्रति म निकै आशावादी छु । यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन । आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको कारण आफु गीत प्रति निकै आशावादी रहेको कुरा गायीका पंगेनीले बताईन । गायीका का अनुसार समय फेरीदो क्रम संगै समाजमा आम जिन्दगीका कुरा हरु, परम्परा हरु र मानविय स्वार्थ हरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ । कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भीडीयो चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका छन । क्यामरामा सुरेश श्रेष्ठ छन भने अभिनयमा गायक पशुपती शर्मा आफै, गायीका कला पंगेनी र अर्का मोडल विपेश घिमीरेका, नायीका विनु खड्का को साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन । मिचीएको सिमानाको कुरा अनी देश बचाउने कुरा हरु समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमीरेले बताए । चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजानीक गरीएको छ ।

गीतको म्यूजिक भीडीयो हेर्न यहा क्लिक गर्नुहोस :

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले …