लन्डन, बेलायतमा बसोबास गर्दै आएका चलचित्र निर्मात्री तथा नायिका रोमियन लिम्बु र समाजसेवी एवं मोडल दिपक थापा “माइथाने”द्वारा अभिनित “जिन्दगीको प्राप्ति तिमी” बोलको एउटा म्यूजिक भीडियो प्रेम दिवसको सेरोफेरो पारेर सार्वजनिक गरिएको छ । बेलायतमा बसेर संचारकर्मी समेत रहेका गीतकार नृपेश उप्रेतीको “आहान अर्को खुसी” नामक एल्बममा रहेको उक्त गीतमा अहिलेका चर्चित अनि सदाबहार गायक हिमाल सागरले स्वर दिएका छन् भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गोविन्द अर्मजाको निर्देशनमा अनि राजदिप राइको छयांकन तथा सम्पादन रहेको उक्त म्यूजिक भीडीयोको शुटिंग बेलायतमा नै गरिएको हो भने । एक दशक अघिदेखि नै चलचित्र क्षेत्रमा आबद्ध रोमियन लिम्बुले अर्को जुनी, पाण्डव, अजम्बरी साइनो लगायतका चलचित्रमा खेलिसकेकी छन् भने सन् २०१२मा आफैले निर्माण गरेको चलचित्र नागबेली दर्शकसामु पस्किसकेकी छन् । त्यस्तै गरी चलचित्र भूपू लाहुरेमा पनि उनको बेजोड भूमिका रहनेछ । करिब आधा दर्जनभन्दा म्यूजिक भीडियो खेलिसकेका दिपक थापा माइथाने समाजसेवामा पनि चासो राख्ने गर्दछन । स्व. पिता रत्न बहादुर थापाको स्मृतिमा आफ्नो जिल्ला रुपन्देहीको रुद्रपुर-५स्थित बनकसिया दियोबजारमा करिब ४ सय जना अट्ने क्षेमता भएको सामाजिक कार्य सभाको भवन निर्माणको लागि ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ संकलन गरिसकेका छन् । जसमध्ये २ लाख रुपैयाँ उनी स्वयमले नै दिने निर्णय गरेका छन् ।
म्यूजिक भीडियो जिन्दगीको प्राप्ति हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।