Thursday , January 18 2018
Home > Blog > निद्रा नलागेमा के गर्ने त ?

निद्रा नलागेमा के गर्ने त ?

गोर्खा रेडियो सुन्नुहोस

हिजो आज प्राय मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुने गरेको छ । निद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे । यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो होएक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ । आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ । पहिलो , गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् । दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ । तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् । यो उपाय कतिसम्म सफल र विश्वासिलो छ यसलाई एकपटक ्आफूले पनि योग गरेर हेर्ने कि ?
साभार गोर्खाली खबर

गोर्खा रेडियो सुन्नको लागिगोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …