Saturday , February 24 2018
Home > Blog > क्षेत्री समाज बेलायतको च्यारिटी कार्यक्रममा १२ हजार पाउण्ड भन्दा बढी संकलन

क्षेत्री समाज बेलायतको च्यारिटी कार्यक्रममा १२ हजार पाउण्ड भन्दा बढी संकलन


यहि जनवरी १४ तारिख शनिवारका दिन लन्डनको अल्डरसटस्थित एम्पाएर हलमा क्षेत्री समाज बेलायतले एक भव्य च्यारिटि डिनर तथा सांस्कृतिक कार्यक्रको आयोजना गरि १२ हजार पाउण्ड भन्दा बढी रकम संकलन गरेको छ । समाजको आपतकालीन कोष अभिवृद्धिका लागि गरिएको उक्त च्यारिटी कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीको प्रमुख आतीत्थमा सम्पन्न सो कार्यक्रमलाई समाजका महासचिव राजकुमार क्षेत्री र सो आपतकालीन कोषवृद्धिको आयोजक समितिका सचिव कुमार के.सी.ले संयुक्त रुपमा सञ्चालन गरेका थिए । समाजका अध्यक्ष रि.क्याप्टेन धन बहादुर कुंवरले सभापतित्व गरेका कार्यक्रमको औपचारिक चरणको शुरुवातमा नेपाली र बेलायती राष्ट्रिय गीत बजाइएको थियो, जसको लगत्तै समाजका उपाध्यक्ष रि. क्याप्टेन टेक बहादुर जी.सी.ले उपस्थित लगभग चार सयजनालाई स्वागत गरेका थिए । बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार बेलायतको नेपाली समाज र क्षेत्री समाज बेलायतको उल्लासपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुंग, गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, समाजसेवी ध्रुव के.सी, बेलायत लेबोर पार्टीका एमपी वीरेन्द्र शर्मा, कर्णेल प्रदीपजंग के.सी., कर्णेल विजय रावत, लेफ्टिनेन्ट कर्णेल जे. हान्डसन(एमबीई), सोलिसिटर राजु थापा, रि.मेजर रुद्र खड्का, विश्वआदर्श पण्डित, यूएन अफिसियल वन्दना राणा, नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश खपांगी मगर लगायत क्षेत्री समाज बेलायतका भूपू अध्यक्षहरु अतिथी रहेका थिए । सो कार्यक्रममा कुल आचार्य, ध्रुव के.सी., राजदूत डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले मन्तव्य दिएका थिए । राजदूत डा. सुवेदीले देशप्रेमले ओतप्रोत भएको गीतहरु, आकाशलाई छुन्छ हाम्रो हिमालले, स्वर्गलाई लोभ्याउछ हाम्रो नेपालले, नेपालमा एउटा फूल फूले धर्ती नै मग्मगाउछ जस्ता विभिन्न गीतका बोलहरुको भावनालाई अभिव्यक्ति गरेका । कार्यक्रममा राजदुत डा. सुबेदी तथा उहाँकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदी क्षेत्रीलाई क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुब के.सी., अध्यक्ष्य धन बहादुर कुँवर, कार्यक्रम संयोजक प्रतिमा के सी र पन्चकन्याहरुले दोसल्ला, प्रमाणपत्र, फुलको गुच्छा र ढाकाको पछ्यौरी ओडाएर स्वागत गरिएको थियो । मिडिया संयोजक नरेन्द्र बस्नेतले डा. दुर्गा बहादुर सुवेदीको संक्षिप्त जीवनी सहितको अडियो तथा स्लाइड प्रस्तुत गरेका थिए । दोस्रो चरणको कार्यक्रमलाई समाजकै संस्कृतिक सचिव श्रीमती सुनिता गौतम थापाले सञ्चालन गरेकी थिईन्, जस अन्तर्गत गीत गायनका साथ नृत्यको प्रस्तुति रहेको थियो । दीपक थापा, रमा बानिया, दिप्ता थापा र सयपत्री नेपाली कल्चालारल ग्रुपका प्रभु गुरुङ लगायतले एकल र संयुक्त रुपमा गीत प्रस्तुत गरेका थिए भने केल्शी सापकोटा, पौल गुरुंग, सेविका जी.सी., बिनी, सामुहिकमा कविता, पुष्पा, सुवाश र प्रभुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लक्की ड्रा को पनि व्यबस्था गरिएको थियो । कार्यक्रमस्थललाई निकै भव्य रुपमा सजाइनुका साथै अग्रिम जानकारी गाराउने व्यक्तिहरुको नाम प्रत्यक टेबलमा राखिएको थियो । सजावटको लागि नमस्ते इभेन्टका तर्फबाट गणेश कार्कीले पनि महत्वपूर्ण भूमिका निभाएका थिए । कार्यक्रमको अन्तमा कक्टेल डान्समा सबैले भरपूर मनोरंजन गरेका थिए । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

कार्यक्रमम सम्बन्धि केहि अंश र नृत्यको लागि तलको भीडीयो हुर्नुहोला ।

बेलायतका लागि नेपाली राजदूत डा.दुबसु (क्षेत्रीको) को संक्षिप्त जीवनी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …