Sunday , January 21 2018
Home > Featured > सत्य स्वरुपको नयाँ गीति एल्बम “प्रारम्भ” सार्वजनिक

सत्य स्वरुपको नयाँ गीति एल्बम “प्रारम्भ” सार्वजनिक

14964018_1272767062767471_105746010_oकाठमाडौँ । संगीतकार अारसी थापाको एकल संगीतमा सत्यराज तथा स्वरूप राजको स्वरमा गीति एल्वम प्रारम्भ सार्वजनिक भएको छ । एल्वमको गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले शनिबार विमोचन गरेका हुन् । सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेली स्वरूप संगीतकार थापाको प्रारम्भ सत्यस्वरूपसँग सार्वजनिक भएको हो । यो सत्य स्वरूपको १२ अौँ स्लो एल्वम हो । एल्वममा सात वटा गीत समावेश छन् । एल्वममा अारसी थापाले लेखेको तिम्रो सुन्दर अाँखामा र हाँ देखे जस्तो लाग्छ, विष्णु सुवेदीको रोएर बसेँ र अाज फेरी पँधेरीमा, कुलराज थापाको नलुकाउन मुहार तिम्रो रमेश दाहालको त्यही अाउ र कल्पना अधिकारीकाे तिम्रो नजरबाट बोलको गीत समावेश छन् । कार्यक्रममा तिम्रो सुन्दर अाँखामा र तिम्रो नजरबाट बोलको गीतको म्यूजिक भीडीयो समेत सार्वजनिक गरिएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प सम्पन्न -फोटो फिचर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अनु अधिकारी सिग्देल यहि पुष १९ गतेदेखि संचालन भएको …