Monday , February 19 2018
Home > Blog > यूरोपमा छायांकन गरिएको नमस्ते नेपालको प्रदर्शन यूकेमा

यूरोपमा छायांकन गरिएको नमस्ते नेपालको प्रदर्शन यूकेमा

namasteलन्डन, भर्खरैमात्र रिलिज भएको नेपाली चलचित्र “नमस्ते नेपाल” हाल बेलायतको विभिन्न स्थानहरुमा प्रदर्शन हुदै आएको छ । द्वारीका उदय प्रोडक्सनको प्रस्तुति तथा बरिष्ठ नृत्य निर्देशक राजु शाहको लेखन तथा निर्देशन, चन्द्र पन्तको द्वन्द निर्देशन अनि राजु शाह र गोपाल ढकाल (छन्दे)को पटकथा संवाद रहेको उक्त चलचित्रको सम्पूर्ण छायांकन युरोपमा नै गरिएको छ । १८ देशका कलाकारहरुको प्रस्तुति रहेको नमस्ते नेपालमा नेपाली लगायत विदेशी कलाकारको पनि सहभागिता रहेको छ । चलचित्रको निर्माताहरुमा प्रदीप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाह रहेका छन् । कलाकारहरुमा नायक सबिन श्रेष्ठ, नायिकामा बेल्जियमकी नागरिक आना कलान, श्याम श्रेष्ठ ,गोपाल ढकाल (छन्दे), म्युजिका खड्का, अनुजा प्रधान, सनम कुमार बैराग, नरेन्द्र थापा, कमला दाहाल, पार्वती अधिकारी, बोन्ड, जोन लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन दिव्य सुवेदीले गरेका छन् भने सम्पादनको भूमिकामा बनिस शाह र मिलन श्रेष्ठ रहेका छन् । तेस्तै गरि वसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटी को संगीत रहेको छ । विदेशमा रहंदा नेपालीको पहिचान खोज्ने क्रममा भोगिएका ब्यथालाई नायक सबिन श्रेष्ठले प्रस्तुत गरेका छन् । चलचित्र निर्देशक राजु शाह तथा हाँस्य कलाकार गोपाल धके ( छन्दे ) लगायतका कलाकार टोली पनि लन्डनमा नै रहेका छन् । नमस्ते नेपालको प्रदर्शनी बेलायतको विभिन्न स्थानमा तय भैसकेको र आउँदो अक्टोबर २३ का दिन ह्यार्रो फुटबल क्लवमा,नोभेम्बर ६ मा स्कटल्याण्ड र नोभेम्बर १३ मा रिडिंगमा प्रदर्शन हुने तय भैसकेको जानकारी कलाकार तथा चलचित्र प्रदर्शनीको यूके कोअर्डिनेटर सनम कुमार बैरागले बताएका छन् । साथै नमस्ते नेपाल कमेडी, सस्पेन्स तथा रास्ट्रीयताको भावनाले भरिएको र दर्शकहरुबाट पनि राम्रै प्रतिक्रिया पाएको उनले बताएका छन् ।

चलचित्रको ट्रेलर हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

लन्डनमा पनि नेपाली चलचित्र ‘कृ’ को प्रदर्शन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा …