Wednesday , December 13 2017
Home > Blog > Entertainment > लण्डनमा पनि चलचित्र “छक्का पन्जा” हाउसफुल

लण्डनमा पनि चलचित्र “छक्का पन्जा” हाउसफुल

14322673_568181853388944_5430304974855144092_nलन्डन, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक सफलताको रुपमा देखा परेको नेपाली चलचित्र छक्का पन्जाले लण्डनमा पनि पहिलो शोमा नै अत्यधिक सफलता प्राप्त गर्यो । नेपाली सिनेमाको खस्कँदो अवस्था रहेको र केहि चलचित्रले मात्र आफ्नो लगानी उठाउने गरेको भएतापनि छक्का पन्जाले भने चलचित्र बजारमा ठूलै हलचल ल्याइदिएको छ । चर्चित हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाद्वारा निर्मित उक्त चलचित्रमा दिपकराज गिरी, प्रियेंका कार्की शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे (माग्ने बुढो) वर्षा राउत लगायका कलाकारहरु रहेका छन् भने यस फिल्मको निर्देशन दिपाश्री निरौलाले गरेकी हुन् । नेपालमा प्रदर्शन गरे लगत्तै आयोजक नेप्लिज इन्टरटेनमेन्ट यूकेका विरेन खड्का, राजेन गुरुंग, अनिल मल्ल र दिपक खड्का लगायतको पहलमा सो चलचित्रलाई बेलायतमा ल्याइएको हो ।14322371_568181906722272_6549313328911646406_n १७ सेप्टेम्बर साँझ बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गरिएको उक्त चलचित्र हेर्न दर्शकहरुको ठूलो घुइंचो लागेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक कुल आचार्यद्वारा एक कार्यक्रमकाबीच चलचित्र प्रदर्शनीको शुभारम्भ गरिएको थियो । चलचित्र राम्रो बनेको र यसले नेपालमाजस्तै बेलायत लगायत सबै ठाउँमा राम्रो सफलता पाउने धारणा आचार्यले ब्यक्त गरेका थिए । विशेषगरी रोजगारीका शिलशिलामा वैदेशिक रोजगारमा जानुपर्ने नेपालको परिवेशलाई आधार मानेर निर्माण गरिएको उक्त चलचित्रले धेरैको मन जित्न सफल भएको थियो । यसघि पनि उनीहरुद्वारा निर्मित चलचित्र “६ एकान ६” र “वडा नम्बर ६” ले पनि अत्यधिक सफलता प्राप्त गरेको थियो । आयोजकका अनुसार यस चलचित्रलाई बेलायतका विभिन्न स्थानहरुमा पनि प्रदर्शन गरिने छ ।14316783_568181890055607_4929803479581588599_n
फोटो-मिलन तमु

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …