“शंखधरया बाखं” को म्युजिक भीडीयो सार्वजनिक
लन्डन,यहि जुलाई ७ तारिख आइतवारका दिन नेपालको पहिलो एनिमेटेड फिल्म “शंखधरया बाखं” को म्युजिक भीडीयोलाई नेपाल, यूके, र यूएसए मा एकैसाथ सार्वजनिक गरिएको छ । उक्त फिल्मको लेखन,निर्माता तथा निर्देशनको सम्पूर्ण काम संयुक्ता श्रेष्ठद्वारा गरिएको हो । विश्वशसी र गङ्गा थापाको संगीत तथा संयुक्ता श्रेष्ठको शब्द अनि निशा देशारको आवाजमा रहेको यस म्युजिक भीडीयोको नृत्य निर्देशक सुनिता राजभण्डारी “जुनु” रहेकी छन् । सर्वप्रथम माईक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालमा शम्भु श्रेष्ठ द्वारा रिलिज गरिएको उक्त म्युजिक भीडीयोमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीले यस चलचित्रले नेपालको ऐतिहाँसिक र संस्कृतिक महत्वको उजागर गरेको र यसको लागि यूकेमा रहने नेपालीहरुको भूमिका प्रशंसनीय रहेको कुरा ब्यक्त गरेका थिए । यूकेबाट प्रत्यक्ष्य रुपमा भीडीयो मार्फत संयुक्ता श्रेष्ठ लगायत नरेशवीर शाक्य,एलेन बेलोचन तुलाधर, नियुक्ता श्रेष्ठ, मदनदास श्रेष्ठ, दर्शनवीर शाक्य, मेश कुमार श्रेष्ठ, निशा देशार, निर्देशक रत्नकाजी महर्जन, पुस्कर माथेमा, श्याम कृष्ण मानन्धर,हरिकृष्ण श्रेष्ठ, पवित्रा कासा र जुजु काजि रंजित ले अन्तरक्रियामा सहभागिता जनाएका थिए । बीओटी का अध्यक्ष्य महन्त श्रेष्ठले संस्कृतिको मात्र नभई सम्पूर्ण नेपालको लागि नै गौरवको कुरा भएको उल्लेख गरेका थिए भने शशी महाजुले पनि नेपाली परम्पराको जगेर्ना गर्न मद्दत पुर्याउन सहयोग गर्ने उल्लेख गरेका थिए । तेस्तै गरी प्रोफेशर डेभिड गेल्नरले पनि बिशेषगरि युवा पिढीलाई आफ्नो कला, संस्कृति र भाषाको जगेर्नाको लागि बढी जागरुक र सहभागी गराउनुपर्ने कुरा उल्लेख गरेका थिए । पुरानो संस्थाको रुपमा परिचित नेवास च्वोसा पासाका तेर्फबाट सत्यभामा माथेमाको पनि उपाथिति रहेको थियो भने नेवारी समुदायको लागि यो फिल्म अत्यन्त प्रभावकारी भएको कुरा उल्लेख गरेका थिए । यस चलचित्रलाई अंगेजी लगायत नेपालि, नेपालभाषाको टाईटलमा पनि राखिनेछ भने नेपाल संवत ११३७ नयाँ वर्ष अर्थात सन् २०१६ को नोभेम्बरमा रिलिज हुने योजना रहेको छ ।
“शंखधरया बाखं” (The Legend of Shankhadhar) – Music Video – “Dyo hey kha …”
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed