Thursday , January 18 2018
Home > Blog > Entertainment > हिमालयन इन्टरटेनमेन्ट ग्रुपले “हिमालयन म्युजिकल नाईट”को आयोजना गर्दै

हिमालयन इन्टरटेनमेन्ट ग्रुपले “हिमालयन म्युजिकल नाईट”को आयोजना गर्दै

13438900_1028577447197096_7616746261734144235_nलन्डन, हिमालयन इन्टरटेनमेन्ट ग्रुप स्वींडनले यहि जुलाईमा बेलायतका बिभिन्न स्थानमा “हिमालयन म्युजिकल नाईट” को आयोजना गर्दैछ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्री, आधुनिक तथा पप गायक धर्मेन्द्र सेवान, आधुनिक गायिका श्रेया सोतांग र नायिका तथा नृत्यांगना रिश्मा गुरुङ कार्यक्रमको लागि नेपालबाट औदैछन । नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले भर्खरै मात्र बेलायतको स्वीन्डनमा हिमालयन मनोरंजन समूहको स्थापना गरिएको हो । उक्त संस्थामा हाल ज्ञान गुरुङ,यम प्रसाद गुरुङ, भुवन गुरुङ, मिलन गुरुङ, खगेन्द्र कुमार गौचन र राजन कुमार क्षेत्री संलग्न रहेकाछन । नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएका कलाकारहरुलाई बेलायतमा ल्याएर कार्यक्रम गर्ने र त्यसबाट प्राप्त केहि रकम नेपालको सामाजिक कार्यमा लगाउने सोच रहेको कुरा संस्थापक मध्यका राजन कुमार क्षेत्रीले बताएका छन् । प्राप्त जानकारी अनुसार पहिलो कार्यक्रम यहि जुलाई २४ तारिखका दिन स्वीन्डनको वाईभन थिएटरमा हुनेछ । तेस्तै गरि दोस्रो कार्यक्रम जुलाई २९ तारिखका दिन उलवीच लन्डनमा, तेस्रो कार्यक्रम जुलाई ३० तारिखका दिन रेडिंगमा र जुलाई ३१ तारिखमा अल्डरसटस्थित द किंग्स सेन्टरमा हुने भएकोछ । कार्यक्रमलाई सफल पारिदिनको लागि हिमालयन इन्टरटेनमेन्ट ग्रुपले सबैलाई अनुरोध गरेकोछ ।

कार्यक्रम सम्बन्धि प्रोमो हेर्नको लागि तल प्ले गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …