Thursday , January 18 2018
Home > Featured > लण्डनको नेपाली मेला २०१६ अगष्टमा हुँदै

लण्डनको नेपाली मेला २०१६ अगष्टमा हुँदै

nepali-mela-2016-poster-724x1024लन्डन, बेलायतमा हरेक वर्ष तमू धिं यूकेले आयोजना गर्दै आएको नेपाली मेला सन् २0१६ को लागि आउँदो अगष्ट महिनाको २८ तारिख आइतवारका दिन लन्डनस्थित केम्प्टन पार्क रेसकोर्समा हुने भएकोछ । सन् २००० मा स्थापना भएको तमू धीं यूकेले नौ वर्षपछि अर्थात् सन् २००९ देखि नेपाली मेलाको शुरुवात गरेको थियो । बेलायतका दर्जनौं संघसंस्थाहरुको सहभागीता रहँदै आएको यस नेपाली मेलामा खासगरी हामी नेपालीको कला,संस्कृति,भेषभुषा लगायतका विभिन्न मौलिकताहरुको प्रदर्शन गरिने भएकाले यसलाई नेपालीहरुको लागि सांस्कृतिक पर्वको रुपमा हेर्ने गरिन्छ । आ-आफ्ना संस्कृति झल्किने खालका विभिन्न प्रकारका झाँकीहरु, एम्बेसडर कप,नवयुबा युवतीहरुको सांगीतिक प्रस्तुति, मनोरन्जनात्मक खेलहरुका साथै सबै प्रकारका नेपाली परिकारहरुको स्टल राख्ने गरिन्छ । नेपाली मौलिक पहिचानहरुलाई बिदेशी भूमिमा पनि संरक्षन र प्रवर्द्धन गर्दै लैजाने उद्देश्यले जातीय संस्था तमू धिं यूकेले आयोजना गरेको भएतापनि यो सम्पूर्ण नेपालीहरुकै गौरवको विषय सावित भएकोछ । सम्पूर्ण नेपालीहरुकै पहिचानको रुपमा स्थापित नेपाली मेलालाई सफल पार्नको लागि तमू धिं यूकेले बेलायतका सम्पूर्ण संघसंस्था,व्यापारी तथा ब्यक्तिहरुलाई सहयोगको लागि अपिल गरेकोछ बिहान साँढे १० बजेबाट शुरु हुने सो नेपाली मेला साँझ ८ बजेसम्म रहनेछ । कार्यक्रमस्थल जानको लागि यहाँ क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …