Thursday , January 18 2018
Home > Featured > जीवन पन्त र बिनु तामांगको “धादिंग आउ है बटुवा”

जीवन पन्त र बिनु तामांगको “धादिंग आउ है बटुवा”

सार्थक डिजिटल प्रा.लि.ले भर्खरै मात्र “धादिंग आउ है बटुवा” बोलको एउटा रोइला गीत सार्वजनिक गरेकोछ । विशेषगरि धादिंग जिल्लाको रमणीय अनि ग्रामिण परिवेशलाई समेटेर तयार गरिएको यस गीतलाई जीवन पन्त र बिनु तामांगले स्वर दिएको उक्त गीतलाई सरस्वती थापा क्षेत्रीले निकालेकी हुन् । यस गीतमा जीवन पन्त र पारस थापा “आतंक” को शब्द अनि पारस थापा क्षेत्री “आतंक” को संगीत रहेकोछ । उक्त गीतको म्युजिक भीडियोमा मोडल विजय थापा र दुर्गा गोदारले अभिनय गरेकाछन भने कालु तामांगको निर्देशन गरेका हुन् । भीडीयोको छायांकन करण चैसीरले गरेका हुन भने अमर शाक्यले सम्पादनमा गरेकाछन । सुन्दर अनि मनोरम हरियाली दृश्यको छायांकनले गर्दा प्रकृति प्रेमीहरुको लागि उक्त म्युजिक भीडीयो अझ आकर्षक बन्न पुगेकोछ ।

पूर्व पश्चिम उत्तर दक्षिण चार दिशा चार किल्ला ,
प्रकृतिको मनमोहक हाम्रो धादिंग जिल्ला
गोर्खा चितवन मकवानपुर, पूर्वैमा काठमान्डौ नुवाकोट र रसुवा,
धादिंग आउ है बटुवा ….

म्युजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …