Wednesday , December 13 2017
Home > Blog > नेपाल फर्कंदैछु, मौका मिले फेरी आउन पनि सक्छु – कार्यबाहक राजदूत

नेपाल फर्कंदैछु, मौका मिले फेरी आउन पनि सक्छु – कार्यबाहक राजदूत

IMG_0035csukget together16लन्डन, बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरि सपरिवार नेपाल फर्कंदैछन् । तेस्तै गरि बेलायतका लागि नयाँ कार्यबाहक राजदूतको रुपमा शरदराज आरन दूतावासमा कार्यबाहक राजदूतको पद सम्हाल्न लन्डन आइसकेकाछन । कार्यबाहक राजदूत क्षेत्रीको बिदाई कार्यक्रमको लागि २९ जुनका दिन साँझ नेपाली दूतावास भवनमा एक कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायत लोक गायक बम नहादुर कार्की तथा गायिका शिवा आले लगायत अन्य थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो । भेटिंदा खुसि लाग्ने र छुट्टिंदा दुख लाग्नु स्वभाविक नै हो भन्ने कुरालाई समाजसेवी चिकित्सक डा. राघव धितालले ब्यक्त गरेका थिए । IMG_0014csukget together16कार्यबाहक राजदूत क्षेत्रीले आफ्नो ४ वर्षे कार्यकाल अन्तर्गत करिब दुई वर्ष भन्दा बढी कार्यबाहक राजदूतको रुपमा काम गरेको र यसबीचमा विभिन्न महत्वपूर्ण कार्यहरु भएको भन्दै उक्त कार्यको स्लाइड शो प्रदर्शन गरेका थिए । लन्डन ओलम्पिक, महारानी एलिजाबेथको डाइमण्ड जुब्ली, म्याग्नाकार्टाको ३००औँ वार्सिकोत्सव, स्कटल्याण्ड जनमतसंग्रह, गोर्खाहरुको सेवाको २०० वर्ष, नेपालको महाभूकम्प, नेपालको नयाँ संबिधान, राजकुमार ह्यारीको नेपाल भ्रमण, बेलायती महारानीको ९०औं जन्मोत्सव तथा इयू जनमतसंग्रह र एमसीसी र नेपालबीचको क्रिकेट खेलको तयारी जस्ता महत्वपूर्ण कार्यहरु आफ्नो कार्यकालमा भएको र त्यसमा आफूले सक्दो भूमिका निर्वाह गरेको कुरा बताएका थिए ।IMG_0065csukget together16 बेलायतका विभिन्न क्षेत्रमा दूतावासको तर्फबाट धेरै कार्यहरु गरेको र त्यसबाट नेपालको लागि प्रशस्त सहयोग पुगेको र पुग्ने कुराको पनि उल्लेख गरेका थिए । भूकम्प पीडितको सहयोगार्थ एनआरएन लगायत बेलायतवासी विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगका कारण ७ करोडभन्दा बढी रकम संकलन गर्न सफल भएकोमा सबैलाई धन्यबाद दिंदै बैलायातीहरुको मातृभूमी प्रतिको चासोको पनि प्रशंसा गरेका थिए । जीर्ण अवस्थामा रहेको दूतावास भवनलाई वर्तमान अवस्थामा ल्याउन आफू लगायत दूतावासका सम्पूर्ण कर्मचारीहरुले धेरै मिहिनेत गरेको साथै बेलायात्वासिको पनि त्यत्तिकै सहायोग पाएको क्षेत्रीले बताए ।IMG_0105csukget together16 समयले साथ् दिएको खण्डमा आफू पुन बेलायत आउने धारणा ब्यक्त गर्दै यहि जुलाई १ तारिखबाट कार्यबाहक राजदूतको पद सम्हाल्न आएका शरदराज आरनलाई सबैले सहयोग गर्दै सल्लाह र सुझाव दिनको लागि सबै बेलायतवासी नेपालीहरुलाई अनुरोध गरेका थिए । काम गर्दा कतिपय गल्ति कमि कमजोरीहरु हुन्छन र तेस्तो भएको खण्डमा माफ गर्न पनि अनुरोध गरेका थिए । बेलायतबाट छुटेर जाँदा नरमाइलो लागेपनि आफू ४ वर्षकै लागि आएको र समयको गतिसंग चल्नुपर्ने सबैको बाध्यता भएको भन्दै भावुक बनेका थिए । आफूलाई अघि बढ्नको लागि महत्वपूर्ण योगदान पुर्याउने धर्मपत्नी श्रीमती रीता क्षेत्रीलाई पनि धन्यबाद दिएका थिए । IMG_0096csukget together16 नयाँ कार्यबाहक राजदूतको रुपमा आएका शरद राज आरनले पनि आफु पहिलोपल्ट बेलायत आएको र यहाँको नेपालीहरुको उपस्थिति र क्रियाकलाप देखेर प्रभावित भएको भन्दै सबैलाई सहयोग सल्लाह र सुझाव दिनको लागि अनुरोध गरेका थिए भने आफू पनि सक्दो सहयोग पुर्याउने यहाँ आएको बताएका थिए । अट्याची तेजेन्द्र रेग्मीद्वारा संचालित उक्त कार्यक्रममा लगभग १ सय ५० भन्दा बढी सहभागीहरुको घुइंचो लागेको थियो । आगामी जुलाई १९ तारिखका दिन हुन गैरहेको एमसीसी र नेपालबीचको क्रिकेट खेलको टिकट लगायत टि शर्ट पनि दूतावासमा राखिएको थियो । IMG_0052csukget together16उक्त खेल सम्बन्धि आर्थिक सयोजक दिपक श्रेष्ठले आर्थिक कारिवार्को पारदर्शिताको बारेमा उल्लेख गरेका थिए भने यस ऐतिहाँसिक खेललाई सबैले एकजुट भएर र एक नेपाली भएर सहयोग गर्न आग्रह गरेका थिए । अन्तमा लोक गायक बम बहादुर कार्की र शिवा आलेले पानको पात लगायतका लोकगीत गएर सबैलाई मनोरंजन दिलाएका थिए । फोटो हेर्न यहाँ क्लिक गर्नुहोला ।
गोर्खा रेडियोद्वारा तयार गरिएको कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको एक जीवनी सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …