Saturday , February 24 2018
Home > Blog > बेलायतबाट धुर्मुस सुन्तलीलाई बिस लाख सहयोग

बेलायतबाट धुर्मुस सुन्तलीलाई बिस लाख सहयोग

13407315_527676404106156_1773218714903053991_nलन्डन, बेलायतस्थित हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैयाँ सहयोग गरेकोछ । १५ जुनका दिन लन्डनस्थित ब्लु अर्किड रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त रकम प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्लाको गिरान्चौर एकीकृत बस्ती निर्माण कार्यमा लागेका हाँस्य कलाकार धुर्मुस र सुन्तली मार्फत सो रकम भूकम्प पीडितसमक्ष्य पुर्याउन लागिएको हेल्प नेपाल फाउण्डेशनले जानकारी दिएकोछ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितहरुले राहतको महशुस गर्न नपाएको अवस्थामा धुर्मुस सुन्तलीले गरेको यस प्रयासलाई सबैले विशेष महत्वका साथ् लिएको पाइन्छ । करिब ४ करोड भन्दा पनि बढी अनुमानित लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुले सहयोग पुर्याउदै आइरहेकाछन । 13428602_527676374106159_8978305724212800124_n२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, अष्टिन टेक्सासमा बस्ने नेपालीकोतर्फबाट १० लाख ८६ हजार रुपैयाँ, नेप्लिजइनग्राज अस्ट्रियामार्फत १० लाख ९३ रुपैयाँ जम्मा भैसकेकोछ भने जापानबाट पनि ७ लाख ७१ हजार एन भन्दा बढी सहयोग संकलन भैसकेकोछ ।साथै अन्य थुप्रै संघ संस्था र व्यक्तिहरुबाट रकम संकलन कार्य भैरहेको छ । धुर्मुस सुन्तली फाउण्डेशनमा हालसम्म डेढ करोडभन्दा संकलन भैसकेकोछ । सरकारका तर्फबाट भूकम्प पीडितलाइ सहयोग गर्न नसकेको अवस्थामा व्यक्तिगत प्रयासबाट गरिएको धुर्मुस सुन्तलीको यो प्रयास सबैका लागि प्रेरणादायी र प्रशंसनीय बन्न पुगेकोछ । धुर्मुस सुन्तली फाउण्डेशनमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।
फोटो- मिलन तमु

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …