Wednesday , December 13 2017
Home > Blog > बेलायतका कार्यबाहक राजदूतलाई बिदाई – सबैजना भावुक

बेलायतका कार्यबाहक राजदूतलाई बिदाई – सबैजना भावुक

13428020_1281624711865663_726823442457236671_nलन्डन, बेलायतका लागि नेपाल सरकारले राजदूत नियुक्त गर्ने प्रयास गर्दा गर्दै कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरिसकेकाछन । १४ जुनका दिन फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच गैर आवासीय नेपाली संघले कार्यबाहक राजदूत क्षेत्रीलाई बिदाई गरेकोछ । आफ्नो चारवर्षे कार्यकालमा गरेका विभिन्न क्रियाकलाप र बेलायातवासीहरू संगको सहकार्यको लेखाजोखा गर्दै क्षेत्री निकै भावक मुद्रामा प्रस्तुत भएका थिए भने श्रीमती रीता क्षेत्रीले पनि भावुक हुँदै सबैजनालाई धन्यबाद दिएकी थिईन । आफूले नेपाल र बेलायतको सम्बन्धको बीचमा निकै धेरै कामहरु गरेको र यहाँका नेपाली र नेपाली समुदायबीचमा भएको आपसी सम्बन्ध र सद्भाव अविस्मरनीय रहेको र पुन अवसर पाएमा फेरी पनि बेलायतमा आउने चाहना ब्यक्त गरेका थिए । 13419263_1281627281865406_383149578655045815_nकाम गर्दै जाने क्रममा भएका कमि कमजोरीलाई औल्याउंदै त्यसबाट आफूले पाएका गालीलाई पनि आशिर्वाद स्वरूप ग्रहण गरेको क्षेत्रीले बताएका थिए । दूतावासमा कार्यरत कर्मचारीहरुले पनि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । संयोजक तथा एनआरएन सचिव फणिन्द्र भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएन यूके अध्यक्ष मुक्षेत्र गुरुङ, गैरआवासीय नेपाली संघ संघ यूरोप संयोजक कुल आचार्य, एनआरएन सल्लाहकार विश्व पण्डित, आईसिसी सदस्य सुश्मा राई, एनआरएन यूकेका उपाध्यक्षहरु योगकुमार फगामी र हिराधन राई, पूर्व युरोप संयोजक चिरञ्जिवी ढकाल, पूर्व अध्यक्षहरु डम्बर घले, सूर्य गुरुङ, योगेनबहादुर क्षेत्री, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 13423917_1281627288532072_689629629796838886_nउक्त विदाई कार्यक्रममा बोल्ने सबैजनाले कार्यबाहक राजदूत क्षेत्रीले गरेको कार्य र पुर्याएको योगदान प्रति खुलेर प्रशंशा गरेका थिए । कार्यबाहक राजदूतको भूमिका निर्वाह गरेका क्षेत्रीले राजदूतको आवश्यकता महशुस गर्ने अवसर कदापी दिएनन । दूतावास भवन देखि लिएर आन्तरिक क्रियाकलाप लगायत समस्त बेलायतवासी नेपालीहरुको बीचको संयोजनमा उनको भूमिकाको सबैले सह्राना गरेका थिए । एनआरएन र दूतावासको सहकार्यले बेलायतवासी नेपालीहरुलाई प्रशस्त सहयोग पुगेको अध्यक्ष्य मुछेत्र गुरुंगले बताएका थिए । तेस्तै गरि एनआरएन पूर्वअध्यक्ष सूर्य गुरुङले नेपालमा भूकम्प गएका बेला राजदूत क्षेत्रीसँगको सहकार्यलाइ अविस्मरनिय र उल्लेखनीय क्षणको रुपमा आफूले लिएको र यसबाट नेपालका भूकम्प पीडितलाई ठूलो राहत मिलेको कुरा बताएका थिए । एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुंगको अध्यक्षतामा सम्पन्न सो बिदाई कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष दासुराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शुभकामना तथा धन्यबाद स्वरूप कविता बाचनका साथै संयोजक फणिन्द्र भट्टराईले कार्यबाहक राजदूत क्षेत्रीको जीवनीको बारेमा उल्लेख गरेका थिए ।
फोटो- मिलन तमु

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …