Thursday , January 18 2018
Home > Blog > छोटो लुगा मोटो जिउ, सिंगल भए आई लभ यु – ज्योति मगर

छोटो लुगा मोटो जिउ, सिंगल भए आई लभ यु – ज्योति मगर

13344631_1275447429150058_5435731160381235835_nलन्डन,बेलायतमा यसपटक समरको गर्मी बढ्न नपाउदै गायिका ज्योति मगरले बेलायातवासीलाई तताएकी छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडद्वारा आयोजना गरिएको बब्बाल धमाका नामक कार्यक्रमको प्रस्तुतीका लागि ज्योति लन्डन आएकी हुन् । उनका साथमा भद्रगोल टेलिसिरियलका कलाकारद्वय बले (सागर लम्साल) र क्रक्रोज (हरिश निरौला) पनि आएकाछन । गत ४ जुनका दिन अल्डरसटको एम्पाएर हलमा ज्योतिको पहिलो कार्यक्रम भएको थियो । शारीरिक हाउभाउ अर्थात हट र सेक्सीका कारण चर्चामा आएकी ज्योतिलाई सबैले छोटो पहिरनमा नै रुचाउछन भन्ने कुरा पनि सो कार्यक्रममा प्रमाणित भएकोछ । 13344624_1274996319195169_780241457116660468_nज्योतिको आगमनलाई कुरेर बसिराखेका दर्शकसामू सारी र चोलीको पहिरनमा भएको ज्योतिको उपस्थितीले नैराश्यता छाएको थियो । कार्यक्रम हेर्न गएका एकजना मित्रले त चोक्टा खान गएको बुढी झोलमा डुबेर मरि भन्या झैं भयो भनेर मलाइ टेक्स्ट म्यासेज पनि पठाउन भ्याएका थिए, भने एकछिन पछी त उनले जवाफ पनि फर्काउन छाडेका थिए, कारण ज्योतिको पहिरन परिवर्तन भएकोले रहेछ । शुरुमा तालि बजाउन पनि कन्जुस्याई गर्ने दर्शकहरु छोटो पहिरनमा ज्योति आउँदा स्टेजकै वरिपरी झुम्मिन पुगेका थिए । पुरुषमात्र हैन महिलाहरुले पनि त्यत्तिकै मनोरंजन लिएका थिए । शुरुमा नै ज्योतिले सिंगल हुने हरुलाई आई लाभ यु भनेपछि युवाहरु दंग परेका थिए ।13346612_1274996259195175_7636928485148338272_n तेस्तै गरि बले र कक्रोजले पनि दर्शकहरुलाई हँसाएका थिए । यसपछि पनि उक्त बब्बाल धमाका बेलायतका विभिन्न स्थानहरुमा हुने तय भैसकेको र अझै केहि ठाउँमा हुने तयारि भएको आयोजक तथा सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन राईले बताएकछन् । पहिलो कार्यक्रम अत्यन्त सफल भएको र बाँकी कार्यक्रमहरु पनि सफल नै हुने राइले बताएकाछन । हालसम्म तय भैसकेका कार्यक्रमहरुमा जुन ११ मा फोकस्टन कम्युनिटी सेन्टर, १२ मा ह्यारो फुटबल क्लव, १३ मा लेष्टर कम्युनिटी सेन्टर,१७ मा फेल्थम कम्युनिटी कलेज,१८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा कार्यक्रमहरु हुने भएकाछन ।
फोटो-मिलन तमु
बब्बाल धमाका हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …