Wednesday , December 13 2017
Home > Blog > लण्डनमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन सम्पन्न

लण्डनमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन सम्पन्न

13254597_1052583784834414_2661024282001039167_nलण्डन, २१ मई २०१६ । देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम २१ मई २०१६ शानिबारका दिन भव्यताकासाथ सु-सम्पन्न भयो । शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय विभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा २५६०औं बुद्ध जयन्तीको पावन अवसर पारेर फेल्थाम कम्युनिटि कलेजको स्पोर्टस हल, फेल्थाम, लन्डनमा आयोजित उक्त समुदघाटन कार्यक्रममा बिशाल बुद्ध जयान्ती पूजाको पनि आयोजना गरिएको थियो । २५६०औं बुद्ध जयन्ती बिषेस पुजा संचालनका लागि नेपाल बाट बेलायत आउनु भएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङज्यु र देवाचन बुद्धिष्ट सेन्टरक संरक्षक लामा रिन्छेन दोर्जे लिङ्पा (धरम गुरुङ), लामा दिल बहादुर गुरुङ र लामा काजि गुरुङ लामा गुरुहरुबाट संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम सुरुहुन अगाबै बिषेस पुजा पाठ संपन्न गरेको थियो। देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष श्री उदई बहादुर गुरुङ एमबिईको सभापतित्व र प्रमुख आतिथि संयुक्त अधिराज्य बेलायतका लागि कार्यबाहाक नेपाली राजदूत महामहिम तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुदघाटन कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि हाउन्स्लोका नगर प्रमुख काउन्सिलर निसर मलिकले संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टर समुदघाटन समारोह ब्यानरको तूल लामा गुरुहरुको मंगल मन्त्र वाचनसंगै उघारेर औपचारिक समुदघाटन उदघोष गरेपछि अध्यक्ष उदई बहादुर गुरुङ एमबिई, मानानिय रथ क्यडबरि एमपि र गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो। लन्डन वरपरका नेपाली समुदयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत हाउन्स्लो वरपरका अन्य धेरैनै काउन्सिलरहरु पनि उपस्थित भएका थिए। यसैगरि कार्यक्रममा लण्डन स्थित केहि बेलायति, हिन्दु, चाईनिज र श्रीलंकन समुदयका संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु र तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार डेम बहादुर गुरुङ, यति नेपाली एसोसिएसनका अध्यक्ष उमेश राज मोक्तान, गोर्खा नेपालीज कम्युनिटि हाउन्स्लोका अध्यक्ष राम कुमार पोमु, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष थम प्रसाद गुरुङ, तनहुँ नेपाली समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ लगायत बेलायतका अन्य थुप्रै नेपाली संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मि, पत्रकार र टिलिभिजनकार्मिहरुको उल्लेख्या उपस्थिति रहेको थियो।संस्थाका महासचिब श्रीमती लक्ष्मी गुरुङ र खाध्य संयोजक युवराज गरुङले संचालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेप्टि बारे संस्थाका उपाध्यक्ष भिम बहादुर गुरुङ एमभिओले जनाकारि गराउनु भएको थियो। कार्यक्रममा अध्यक्ष उदई बहादुर गुरुङ एमबिईले स्वागत तथा धन्यबाद मन्तब्य राख्‍नुभएको थियो।मन्तब्यको क्रममा अध्यक्ष गुरुङले सबै अतिथि तथा उपस्थित महानुभावहरुलाई हार्दिक स्वागत गर्दै देवाचन बुद्धिष्ट सेन्टरले धेरै पहिले देखिनै समाजिक सेवा, बौद्ध धर्मा र संस्कार अनुसार बौद्धमार्गि नेपाली समुदयमा जन्म, बिवहा र मृत्य संस्कारको कर्मकण्डामा बिबिध सेवा पुराईरहेकोले २०११मा स्थापना भई संस्थाका संरक्षक तथा प्रमुख लामा लामा रिन्छेन दोर्जे लिङपा (धरम गुरुङ)को सोच, सपना र आकांक्ष अनुरुप मुलत लण्डन बासि सबै बौद्ध मार्गि नेपालीहरुको पहलबाट २० डिसेम्बर २०१५ देखि आफ्नै नेत्रृत्वमा ५० सदस्सीय कार्यसमिति गठन गरि संस्थागत रुपमा समाजिक सेवाको निम्ति अगाढि बढिरहरहेको र बेलायति च्यरिटि कमिसनमा संस्था दर्ता प्रकृय पुरा भइसकेको बताउनु भयो।यसको साथसाथै देवाचन बुद्धिष्ट सेन्टरको भाबि कार्यनिति, बिभिन्न कार्यक्रम तथा गुम्बा निर्माण परियोजना बारेमा पनि अध्यक्ष गुरुङले उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो। यसैगरि धन्यबाद मन्तब्यको क्रममा अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित सबै अमन्त्रित बिसिष्ट आतिथिगण, संघ संस्थाका प्रतिनिधिहरु संस्थाका सबै पदाधिकारिहरु, सल्लाहकारहरु, सदस्यहरु, आमा समुह, युबा समुह, संचारकर्मिहरु धर्मगुरुहरु, दानबिर चन्दादातहरु र प्रतक्ष र अप्रतक्ष रुपमा कार्यक्रमलाई सहयोग गर्नुहुने सबै शुभचिन्तक महानुभवहरुलाई आभार ब्यक्त गर्दै हार्दिक धन्यबाद दिएका थिए। मन्तब्य राख्‍ने क्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत महामहिम तेज बहादुर क्षेत्री, बिसेष अतिथि हाउन्स्लो नगरका प्रमुख काउन्सिलर निसर मलिक, मानानिय रथ क्यडबरि एमपि, गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत अन्य अतिथि बक्ताहरुले देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रममा सरिक हुन पाउदा खुशि अनुभुत गरेको बताउदै सबैले हार्दिक बधाई ब्यक्त गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएका थिए।साथै सबैले देवाचन बुद्धिष्ट सेन्टरलाई अ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने पनि बताउनु भएको थियो। बोल्ने क्रममा देवाचन बुद्धिष्ट सेन्टरको संम्रक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे लिङपाले पनि संस्थाको उदेस्य, भाबि कार्ययोजनाको बरेमा बृस्त्रित जानकारि गरउदै समाज सेवा, बौद्ध शिक्षा र दर्शनलाई जनमानसमा फैलाउन संस्थाको महत्वपुर्ण भुमिका रहने बताउनु भएको थियो। कार्यक्रममा नेपाल बाट बेलायत आउनुभएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङज्युले बुद्ध जयन्ती, बुद्धको जिवनी, बुद्धको उपदेश, शिक्षा र दर्शन को बरेमा उपस्थित सबैलाई प्रवचन दिनुभएको थियो। प्रवचन सकिए पछि अतिथि लामागुरु श्रद्धेय पाल्देन योनजङ तामाङज्यु लगायत पुजाका अन्य लामा गुरुज्युहरुबाट उपस्थित अतिथि, भक्तजन तथा सबै महानुभावहरुले अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए। निशुल्क प्रवेश, निशुल्क खानापिनको ब्यबस्था गरिएको कार्यक्रममा थुप्रै शुभचिन्तकहरु, सदस्यहरु र भक्तजनहरुले स्वस्फुर्त रुपमा उदारभाव बाट आर्थिक दान, भोजन दान, पेया पदार्थको दान तथा अन्य आवस्यक समाग्रिहरु दान गरि सहयोग गरेका थिए। कार्यक्रमका निम्ति आर्थिक सहयोग संकलनमा सल्लाहकार/ट्रष्टिज चित्र बहादुर गुरुङ, कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ, सम्रक्षक तथा प्रमुख लामा धरम गुरुङ, हाउन्स्लो नगरका पूर्ब उपमेयार तथा काउन्सिलर बिष्णु गुरुङ र आमा समूहको बिषेस भुमिका रहेको थियो।आर्थिक दान सहयोग गर्नेहरुमा गोर्खा नेपलीज कम्युनिटि हाउन्स्लो र तमु समज युकेका सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।13226845_1052584048167721_5127978388230857937_n देवाचन बुद्धिष्ट सेन्टरका मिडिय संम्बाददाता नारायण सिङ गुरुङ र वेबमास्टर मिलन वाग्लेको संयोजनमा बेलायतको नेपाली अनलाईन रेडियो प्रसारण सेवा राहिनोले समुदघाटन कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थयो।कार्यक्रममा मिडिय कभरेजका निम्ति गोर्खा च्यानल टिभि र युकेका नेपाली संचारकर्मी, पत्रकार, फोटोग्रफर र भिडियोग्रफरहरुको पनि उपस्थिति रहेको थियो। अन्तमा: अहिंसा, सत्य र संमयम लाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्यमार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहे मात्र हामिले पबित्र र सरल जिवन प्राप्त गर्न सकिन्छ। पिडा र भय बाट मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ। शान्ति बाट मात्रा मानिसले बिकास र मोक्ष प्राप्त गर्दछ, बुद्धले भनेकाछन्। यिनै शान्ति, मोक्षा प्राप्ति तथा भगवान बुद्धाको श्रद्धाको निम्ति आयोजित २५६०औ बुद्ध जयन्ती बिषेस पुजा तथा बुद्ध धर्म, शिक्षा, संस्कार र संस्कृतिको संग्रक्षण, सम्बर्धन र प्रबर्धन गर्ने पबित्र उदेस्य लिई सबै बौद्धमार्गि तथा नेपाली समुदयको सेवामा सदैब समर्पित भई समाजिक तथा परोपाकारि कार्यमा निरन्तर अगाडि बढिरहेको देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति, सबै उपस्थीत अतिथि, भक्तजन तथा महानुभावहरुले खुसि ब्यक्त गरेका थिए। मध्यन्न १२ बजे आरम्भ गरिएको कार्यक्रम झन्डै साँझ ६ बजे सकिएको थियो ।
शिवशरण गुरुङ,

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …