Wednesday , December 13 2017
Home > Blog > विपी कोइरालाको तीन घुम्ती असारबाट प्रदर्शन हुदै

विपी कोइरालाको तीन घुम्ती असारबाट प्रदर्शन हुदै

teenghumtiविपी कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती ” मा आधारित चलचित्र आउँदो असार १७ देखि प्रदर्शनमा आउने पक्का भएकोछ । राजधानीमा गरिएको एक प्रेसमिटमार्फत उक्त कुराको जानकारी गराइएको थियो भने फिल्मको प्रोमो पनि देखाईएको थियो । निर्देशक बाबुराम ढकालद्वारा पर्दामा उतारिएको यस चलचित्रमा एउटै महिलाका तीन भिन्न भिन्न रुपहरु प्रेमिका,पत्नी र आमाको भूमिकाको चित्रण गरिएकोछ । चलचित्र तीन घुम्तीमा नायकको भूमिकामा ध्रुव दत्त र सुशान्त कार्की रहेका छन् भने नायिकाको भूमीकामा गरिमा पन्त रहेकिछन । फिल्ममा लीड कलाकार ईन्दिरा मायाको भुमिका नायिका गरीमा पन्तले निभाएकी छिन् । त्यस्तै पिताम्बर र रमेशको भुमिकालाई ध्रुब दत्त र सुशाङक कार्कीले निभाएका छन् । निर्देशक बाबुराम ढकालका अनुसार लीड कलाकार ईन्दिरा माया र अनय कलाकारहरुको माध्यमले समाजलाई धेरै कुराको पाठ सिकाउनेछ । जस्मा बिद्रोह, संघर्ष र अनुभवलाई यी कलाकारहरु मार्फत पर्दामा प्रस्तुत गरीएको छ । सर्वप्रथम स्व. सुशील कोइरालाको विशेष आतिथ्यमा विभिन्न व्यक्तिहरुको उपस्थितिमा यस चलचित्रको विशेष शो गरिसकिएकोछ् भने विदेशका विभिन्न स्थानहरुमा प्रदर्शन भैसकेकाछन र हुने क्रम जारी छ । कर्मा प्रोडक्सनको निर्माण रहेको यस फिल्ममा भएका गीतका शव्दहरु कृष्णहरि बरालद्वारा लेखिएकोछ भने संगीत भर्ने काम बसन्त सापकोटाले गरेकाछन ।

फिल्मको ट्रेलर हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …