Monday , February 19 2018
Home > Blog > आज २५६०औं बुद्ध जयन्ती, लण्डनमा पनि भव्यताका साथ् सम्पन्न

आज २५६०औं बुद्ध जयन्ती, लण्डनमा पनि भव्यताका साथ् सम्पन्न

06052016013129Gautam-Buddha-London-1000x0लन्डन,आज २५६०औं बुद्ध जयन्ती, हरेक वर्ष बैशाख पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्मोत्सवको रुपमा मनाउने गरिन्छ । ईसापूर्व ५६३ मा बैशाख पूर्णिमाको दिन नेपालको लुम्बिनीमा भगवान बुद्धको जन्म भएको थियो । राजा शुद्दोधन र रानी मायादेवीको सुपुत्रको रुपमा उनको जन्म भएको कुरा बौद्ध ग्रन्थमा उल्लेख गरिएकोछ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन अहिले संसारभरी नै प्रचलित भएको पाइन्छ ।13226870_1174717535893442_1306232970915289577_n
गौतम बुद्धको २५६०औं जन्मजयन्तीको अवसर पारेर बेलायतको पार्लियामेन्ट स्क्वाएर अगाडी बेलायतवासी नेपालीहरुले २० मे का दिन साँझ भव्यरुपमा बुद्ध जयन्ती मनाएकाछन । गौतम बुद्धको जन्म्स्थलको बारेमा विभिन्न द्विविधाहरु उत्पन्न भैरहेको बेला बुद्धको जन्मस्थान नेपाल नै हो भनेर चिनाउन तथा नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकले बताएकाछन । सोहि अवसरमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा आफ्नो शुभकामना संदेश पनि दिएका थिए ।13254902_1311055178908187_2066582318463383507_o उक्त कार्यक्रमका लागि आयोजक कपिलवस्तु समाज यूके तथा एनआरएन यूकेका कोषाध्यक्ष दीपक श्रेष्ठ, मिडिया संयोजक एभेरेष्ट गौतम,कार्यक्रम संयोजक गणेश खड्का तथा गणेश दाहालले संयोजन तथा व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा पोखरा गुम्बाका लामा प्रमुख पाल्देन तामाङ, बेलायत सांसदहरु सीमा मलहोत्रा, वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, हिन्दू महासंघ यूके, तमुधि यूके, गुल्मी जिल्ला समाज यूके, पासापुच गुठी यूके, नेपाल नेपाली क्याटरिङ एशोसियन लगायत पाँच दर्जनभन्दा बढी संस्थाले ऐक्यबद्धता जनाए । 13255912_10154869070934517_3339826532499416089_n
फोटो साभार- फेसबुक

Check Also

लन्डनमा पनि नेपाली चलचित्र ‘कृ’ को प्रदर्शन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा …