Saturday , February 24 2018
Home > Blog > बेलायती एम.पी.का साथ नेपाल गएका काउन्सिलर बिष्णु गुरुङसंगको भलाकुसारी

बेलायती एम.पी.का साथ नेपाल गएका काउन्सिलर बिष्णु गुरुङसंगको भलाकुसारी

12391173_10153131538641277_88834261455160058_nलन्डन, नेपालमा गएको महाभूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । भूकम्प पुननिर्माण तथा पीडितको सहयोगार्थ विभिन्न मुलुक, संघ संस्था लगायत प्रवासी नेपालीहरुबाट प्रशस्त सहयोग प्राप्त भैसकेको छ भने अझै रकम उठ्ने क्रम जारी नै छ । दिएका बचनहरु केहि पूरा भएकाछन भने अझै थुप्रै पुरा हुन् बाँकी नै छन् । शुरुका दिनमा त साँच्चै अब नेपाल अझ सुन्दर बन्नेछ र पीडितहरुले पनि नयाँ अनुभूती गर्न पाउनेछन जस्तो लागे पनि तेसो हुन् भने सकेकोछैन । पीडितहरुको समस्या झन् झन् बिकराल बन्दै गैरहेकोछ भने राज्य संचालनका जिम्मा लिएकाहरु आफू आफूबीच नै कुर्सि र सत्ताको भागबन्डा मै अल्झिरहेकाछन । जसको बारेमा विदेशीहरुले पनि आवाज उठाउन थालिसकेकाछन । तेस्तै गरी दाता रास्ट्र मध्यको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको बेलायतबाट लेवर एम.पी. सीमा मल्होत्राले गत महिना नेपालको अनौपचारिक भ्रमण गरेकी थिइन् भने साथमा बेलायतको नेपाली कम्युनिटीबाट निर्वाचित लन्डन बरो अफ हंस्लो अन्तर्गत हान्वर्थ ईलाकाका काउन्सिलर बिष्णु गुरुङ पनि साथै नेपाल पुगेका थिए । आज मैले यिनै विषयहरुमाथि केहि जिज्ञासा राख्दै काउन्सिलर बिष्णु गुरुङ संग भलाकुसारी गरेको थिएँ ।

सर्वप्रथम मैले तपाईंहरुको नेपाल भ्रमण कस्तो रह्यो ? र यो कस्तो खालको भ्रमण हो भनेर प्रश्न राखेको थिएँ

22f19d4e38f215d0457a29e72b4e62d94dbcb68f14f2158c2f14a284e75b2df9_fullबिष्णु गुरुङ – नेपाल भ्रमण राम्रै रह्यो, केहि सहयोग पनि गरेर आइयो तर भूकम्प पीडितहरुकोअवस्था भने नाजुक छ अझसम्म उनीहरुले राहतको अनुभूती गर्न सकेका छैनन् । यो चाही दु:ख लाग्दो कुरा छ । र यो भ्रमण पूर्ण औपचारिक भने होइन र अनौपचारिक भएता पनि यसले दुइ देश बिचमा ठूलै महत्व राख्दछ ।

प्रश्न – तपाईं एम.पी. सीमा मलहोत्राको साथमा नेपाल जानुभएको थियो भ्रमणको मुख्य उद्देश्य के थियो र के के कामहरु भए या हुने तयारीमा छन् यसबारेमा बताइदिनुस न ?

बिष्णु गुरुङ – भ्रमणको मुख्य उदेश्य भनेको नेपाल बेलायत बिचको दौत्य सम्बन्धको २०० वर्ष पूरा भैसकेको र सोहि अवसरमा एक आपको सम्बन्धलाई अझ बढी सबल र सुद्रिढ बनाउदै लैजानको लागि पहल गर्नुका साथै भूकम्प पीडितका लागि बेलायतले गर्ने भनेको सहोग रकमलाई के कस्तो तरिकाले कहाँ कहाँ खर्च गर्ने तयारि भैरहेकोछ भन्ने वारेमा सर्वेक्ष्यण गर्नु पनि यस भ्रमणको अर्को उद्देश्य थियो । यसका साथै बेलायतबाट खासगरी लेवर पार्टीको पहलमा उठेको केहि रकम भूकम्प पीडितलाई वितरण गर्नु पनि अर्को उद्देश्य रहेको थियो र सो कार्य पनि सम्पन्न गरियो ।

प्रश्न – एम.पी. सिमा मलहोत्रा पनि भूकम्प पीडितहरुको अवलोकन गर्न गईन कि गइनन साथै उनीद्वारा के तेस्ता उल्लेखनीय कामहरु भए जसले नेपाल र नेपालीलाई फाइदा पुग्नेछन ?

8bfadcd5929b4ce9c6cfc77479ff25edfb846e7d46b2aec50ab4cf79ab7dea19_fullबिष्णु गुरुङ -समय अभावका कारण एम.पी. सीमाको भ्रमण काठमाण्डौ उपत्यकाका केहि क्षेत्रमा मात्र सिमित रह्यो । विशेष गरि पशुपतिनाथ र बौद्द स्तुपा क्षेत्रको अवलोकन गर्नुका साथै बौद्द सदन समितिद्वारा स्वागत समरोहकासाथ स्तुपाको निर्माण कार्य सम्बन्धि सम्पूर्ण जानकारी गराईएको थियो । पशुपतिनाथमा भने भूकम्पले खासै क्षेती नपुर्याएको र गणेश मन्दिरमा मात्र क्षेती भएको देख्दा उनले आश्चर्य मानेकी थिइन् साथै त्यहाँ गरिने खुल्ला दाहसंस्कारको बारेमा भने चिन्ता ब्यक्त गरेकी थिइन् । नेपाल अनाथ आश्रम गोकर्णको अवलोकन गर्दै भूकम्पबाट आमाबाबु गुमाएका नुवाकोट धादिंगका टुहुरा केहि बालबालिकाहरुलाई सहयोग समेत गरिएको थियो । तेस्तै दुई देशको सम्बन्धको बारेमा विभिन्न राजनीतिक पार्टी लगायत सभामुख ओनसरी घर्ति मगर संग पनि भेटघाट भएको थियो भने घर्तीले नेपालको नयाँ सविधान पनि उपहार स्वरूप प्रदान गरेकी थिइन् । तेस्तै गरि नेपाल कमर्श एण्ड विजनेससंग पनि व्यापार,लगानी तथा सम्झौताका बारेमा छलफल भएको थियो भने एभेरेष्ट बैंकको तर्फबाट पनि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । बेलायति दूतावासमा राजदूतसंग भेटि दुइ देशको सम्बन्धको बारेमा र हालै भएको राजकुमार ह्यारीको भ्रमणको बारेमा पनि कुराकानी भएको थियो । भूकम्प पीडित पुननिर्माण सम्बन्धि नेपालले गरेको तयारि र योजनाको बारेमा पनि सीमाले राजदूतमार्फत जानकारी लिएकी थिइन् । निकट भविष्यमा भूकम्प पीडित क्षेत्रको पनि भ्रमण गर्ने उनको लक्ष्य रहेकोछ । उनको यस भ्रमणबाट बेलायतले भूकम्प पीडितलाई प्रदान गर्ने सहयोग निकासामा महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

प्रश्न – बेलायतबाट तपाईंहरुले भूकम्प पीडितको लागि संकलन गरेको रकम पनि हस्तान्तरण गर्ने योजन थियो नि तेसको बारेमा पनि बताईदिनुहुन्छ कि ?

99736fb7ae319cd858817496d5bd73d160473db1af32257c9b42320d0ec56d3a_fullबिष्णु गुरुङ – भूकम्प पीडितको सहयोगार्थ खासगरी बेलायती लेवर पार्टीको सहयोगमा उठाईएको ८ हजार ६ सय पाउण्ड अर्थात १३ लाख तेत्तिस हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गर्ने जिम्मा सीमाको व्यस्तताको कारणले गर्दा मलाइ दिइएको थियो । उक्त रकमलाई गत अप्रिल २ का दिन गोर्खाको सौर पानी ग.वि.स.मा गएर श्री हिमालय उच्च मा.वि.मा त्याहांका १२ वटै स्कुलहरुलाई भेला गराई स्कुलका संचालक समिति लगायत विभिन्न राजनैतिक एवं बुद्दिजिविहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिएको थियो । सोहि कार्यक्रममा प्राप्त रकमलाई वितरण गरिएको थियो । जस अनुरुप प्रा.वि. लाई रु.७५ हजार , मा.वि.लाई एक लाख, उच्च मा.वि. लाई ४ लाख २५ हजार को दरले रकम वितरण गरिएको थियो, भने बाँकी रहेको रकमलाई १६५०० रुपैयाँको दरले सोहि ग.वि.स.का दुइवटा स्कुलको सहयोगार्थ रकम दिइएको थियो । कार्यक्रममा मैले पनि मन्तव्य राखेको थिएँ निकट भविष्यमा पनि सहयोग गर्ने वाचा गरेकोछु ।

प्रश्न -यहाँबाट उठेको रकम के कस्तो प्रकारले उठेको थियो छोटकरीमा बताइदिनुस न ?

बिष्णु गुरुङ – भूकम्प गए लगतै हामीले ह्न्स्लो काउन्सिलको सहभागितामा कार्यक्रमहरु गरेका थियौं जुन हेल्प नेपालको सहकार्यमा भएको थियो । जसमध्य एउटा कार्यक्रम काउन्सिलमै च्यारिटी डिनरको आयोजना गरिएको थियो जसमा व्यक्तिगत सहयोग पनि भएको थियो । वर्ल्ड जोरोष्ट्रियन अर्गनाइजेशनले पनि सहयोग गरेको थियो ।

684936a108f95f252fae945df9afa97b4f135af18cb3e875d14fb059afdb235b_fullप्रश्न – अन्तमा यसबाहेक तपाइँ र एम.पी. सीमा मलहोत्रा नेपाल जाँदाको बखतमा अन्य कुनै त्यस्ता कामहरु पनि भए कि जुन अनौपचारिक र भन्न बाँकी छन् भने ?

बिष्णु गुरुङ – त्यस्तो खासै त केहि छैनन् तर उनले नेपालप्रति र भूकम्प पीडितप्रति निकै सहानुभूति देखाएको मैले पाएँ । अनाथ आश्रमका टुहुरा बच्चाहरुलाई देख्दा उनि स्वयमलाई पनि एड़पट गरेर लाने ईच्छा जागेको उनले बताइन । यसका साथै उनले केहि व्यापारीक भेटघाट पनि गरेकी थिइन् भने पुन समय मिलाएर भूकम्प पीडितहरु भएको ठाउँमा जाने उनको ईच्छा रहेकोछ । नेपालमा भएका विभिन्न पक्ष्यसंग भेटघाट र त्यहाँको अवस्थालाइ उनले बेलायतमा पनि प्रस्तुत गर्नेछिन् र यो भ्रमणले दुई देश बिचको सम्बंधमा सकारात्मक भूमिका खेलेको मैले पाएकोछु ।

नरेन्द्र बस्नेत
0004c08039de89a0ae332399a2c6447bfbed5d22875fb39f6682b2720bb8ec2d_full

5f4dc1e8c4a16d81f85729c75dd605cc681d2b545631723a8c87fba26420eab7_full

1f7cdf89593faa8da594035affd6bfd1d2ba30e4a5d9f11b80b68c2e944d06b2_full

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …