Thursday , January 18 2018
Home > Blog > उप तथा परराष्ट्र मन्त्री थापाद्वारा बेेलायत भ्रमण सम्पन्न

उप तथा परराष्ट्र मन्त्री थापाद्वारा बेेलायत भ्रमण सम्पन्न

tasteonnepalलण्डन । उप तथा परराष्ट्र मन्त्री कमल थापाले हिजाे लण्डनस्थित बेलायतकाे परराष्ट्र तथा कमलवेल्थकाे कार्यालयमा वैदेशिक राज्य मन्त्री ह्युगाे स्वायर दैदेशिकसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा भर्खरै राजकुमार ह्यारीबाट भएकाे एेतिहासिक नेपाल भ्रमणकाे बारेमा चर्चा गरिएकाे थियाे । त्यस्तै, हिजाे नै हाउस अफ कमनमा वैदेशिक विकास राज्य मन्त्री देशमाेण्ड स्वायनसँग भेटवार्ता गरेका उप तथा परराष्ट्र मन्त्री थापाले राजकुमार ह्यारीकाे साे भ्रमणप्रति नेपाल सरकारलगायत नेपाली जनताहरूबाट देखाइएकाे अभूतपूर्व चाखकाे बारेमा विशेष चर्चा गर्दै नेपाल र बेलायतबीचकाे दुर्इ सय वर्षीय सम्वन्धकाे अवसरमा दुर्इ देशबीच मनाउँदै अाइरहेकाे खुशियालीलार्इ दीगाे राख्नका लागि अटल सम्वन्धलार्इ अझ बलियाे बनाउँदै नेपाललार्इ साथ र सहयाेग गर्नकाे लागि अनुराेध गरेका थिए भने स्वायर र स्वायनले निश्चय नै नेपालकाे अान्तिरक विकासका लागि, महाभूकम्पपछिकाे पुनर्निमार्णहरूलगायत अन्य विकासका कार्यहरूमा बेलायतले सदैव पूर्ण रूपमा साथ दिने विश्वास दिलाएका थिए । परराष्ट्र मन्त्री थापाकाे कमनवेल्थकाे कार्यालयमा वैदेशिक मन्त्री ह्युगाे स्वायरसँगकाे भेटमा बेलायतका लागि नेपालका का.वा. राजदूत तेजबहादुर क्षेत्री र दूतावास सहचारी भरत कुमार रेग्मीकाे उपस्थिति रहेकाे थियाे । पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला

image-ef7d08368f739bb128fffab009c02ac0183a7761aa3b918c7fd8481ba4894b45-V-1-1024x576

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …