Thursday , January 18 2018
Home > Blog > बेलायतमा “समय दृष्य ” नाटक मन्चन हुँदै

बेलायतमा “समय दृष्य ” नाटक मन्चन हुँदै

12512344_10209323354150730_1312769329516800353_nलन्डन, आउँदो अप्रिल २३ तारिख शनिवारका दिन बेलायतको रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा नाटक “समय दृश्य ” मन्चन हुने भएकोछ । नेपालि जनजीवन र परिवेशमा आधारित यथार्थ परक उक्त नाटकलाई भक्त श्यान्तनले लेखेका हुन् भने सनम वैरागले निर्देशन गरेकाछन । बेलायतमा रहेका कलाकार तथा प्राविधिकहरुको ठूलो समूहलाई समेटेर तयार गरिएको उक्त नाटकलाई पूरा गर्नको लागि करिब ३ महिना समय लागेको निर्देशक सनम वैरागले बताएकाछन । बेलायतको व्यस्त समयलाई सदुपयोग गर्दै तयार पारिएको यस नाटकले सबै नेपालीको मन छुने भएकाले एकपटक सबैले हुर्नुपर्ने पनि उनको दावी छ । यस नाटकमा स्थानीय कलाकारहरु दीपक, प्रसुन्ना, सुरेश, दुर्गा, ज्यासांग, अन्जु, ओमकार, एलिशा, राजदीप, गंगा, शुष्मिता, रोशन र सिताले आफ्नो भूमिका निर्वाह गरेकाछन् ।
नाटक हुने स्थानको लागि याहाँ क्लिक गर्नुहोला

12512344_10209323354150730_1312769329516800353_n

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …