कौशिक शर्मा, स्कॉटलैंड ।
नेपालमा संबिधान घोषणा भयकोमा स्कॉटलैंडको एबरडीन शहरमा बस्ने नेपालीहरुले पनि चियापान कार्यक्रमको आयोजना गरी एकआपसमा ख़ुशी साटासाट गरेर मनाए। गत आइतवार साँझ त्यहाँ स्थित नेपाली संस्था नेपलीज हिमालयन एसोसिएशनले संस्थाका पदाधिकारी एबं एबरडीनमा सामाजिक र बिभिन्न व्यबसायमा संलग्न ब्यक्तिहरुको सहभागितामा संबिधान जारी भयको खुशियालीमा चियापान कार्यक्रमको आयोजना गरेको थियो। संस्थाका अध्यक्ष टक बहादुर थापाले उक्त चियापान कार्यक्रमको संयोजन गर्नुभएको थियो। सो अवशरमा उपस्थित ब्यक्ति हरुले नेपालमा साढ़े छ दशक देखिको नेपालीको सपना यस पटक पूरा भयकोमा ख़ुशी प्रकट गरेका थिए। उक्त अवशरमा संस्थाका कार्यकारी सदस्य एबं नेपाल पत्रकार महासंघ बेलयतका पार्षद माधव रेग्मीले संबिधान संबंधी ब्यवस्थाका बिषयमा उपस्थित पदधिकारिहरुसंग जिज्ञाषा राख्नुभयको थियो। बाँकी समाचारको लागि तल क्लिक गरेर सुन्नुहोला ।