सप्तरी- राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालें सत्यतथ्य, निष्पक्ष एवं गुणस्तरीय तथा सबै पक्षलाई समेटेर समाचार सम्प्रेषण गर्न राससकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
राससका विभिन्न कार्यालयको निरीक्षणका क्रममा यहाँ आउनुभएका महाप्रबन्धक शर्माले प्रदेश नं २ अन्तर्गत रासस राजविराज कार्यालयको आज स्थलगत निरीक्षणका साथ कार्यालयको काम कारबाहीबारे जानकारी लिनुभयो ।
उहाँले सप्तरीका सांसद् सुमनराज प्याकुरेल र सरिता गिरी यादव तथा अन्य स्थानीय नेतासँग पनि भेटघाट गरी राससको विकासका लागि छलफल गर्नुभयो । सांसद प्याकुरेल र यादवले राससमा दक्ष जनशक्ति व्यवस्थापन जरुरी रहेको बताउँदै यसको विकासमा आफूहरुले सहयोग गर्ने आश्वासन दिनुभयो ।
सो अवसरमा रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल र कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले रासस कार्यालयको आर्थिक तथा भौतिक स्थिति एवं सूचना संकलन र सम्प्रेषणबारे जानकारी दिनुभएको थियो । रासस राजविराज कार्यालय प्रमुख सुरेशकुमार झाले राससको भवनको स्थिति एवं आवश्यक सवारी साधन तथा अन्य उपकरणबारे जानकारी दिनुभयो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।