Home > Blog > सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न

सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सरु पौडेल,काठमाण्डौ –मालिका केसरीद्वारा लिखित सुवर्णलता उपन्यासको प्रकाशन सांग्लिा बुक्सले गरेको हो । शनिबार पर्यटन बोर्डको हलमा सुवर्णलताको अन्तरसंवाद सम्पन्न भएको थियो । आख्यानकार अमर नयौपाने, समालोचक डा.राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले उपन्यासको समालोचना गर्नुभएको थियो ।
साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चाालन पज्वल अधिकारीले गर्नुभएको थियो ।
वक्ताहरुले उपन्यासमा बौद्ध दर्शनलार्इृ सजिलै बुझ्न सकिने कुरा व्यक्त गर्नुभएको थियो । उपन्यासमा प्रेमका कुरा , २५०० वर्षअघिको बुद्धका पालाकी सुवर्णलताको शारीरिक परिवर्तन नभएको कुरालाई सामान्य रुपमा लिइने भन्दै आख्यानकार अमर न्यौपानेले पाठकीय धारणा पनि व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले यस्ता उपन्यासले पाठकहरुको मन शान्त पार्ने र सजिलै पाठकलाई आकर्षण गर्ने बताउनुभयो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ 

Check Also

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले …