Home > Blog > बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो

बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सरु पौडेल , काठमाण्डौ – २६ वर्षपछि पुनः सञ्चालनमा आएको बलेवा बिमानस्थलको भाडादर रु.६५०० तोकिएको छ । निरन्तर रुपमाा बिमान चल्न थालेपछि भाडादर समायोजन हुने कुरा प्राधिकरण तथा बाग्लुङ नगरपालिकाले जनाएको छ । यद्यपि भाडामा तीन–चार सयमात्र तल माथि हुने कुराले भने सर्वसाधारण जनतामा गुनासो उत्पन्न भएको छ । महङ्गो भाडा बनाएपछि ठूला ठूला नेता तथा धनाढ्यहरु मात्र जहाज चढ्न पाउने तर सर्वसाधारणलाई भने यसले कुनै फाइदा नपु¥याउने तथा केही समयपछि बिमानस्थल पुन ः बन्द गर्ने षड्यन्त्र हो भन्न थालेका छन् सर्वसाधारणहरु । काठमाण्डौ देखि पोखराको भाडादर रु ४५०० को हाराहारीमा छ तर पोखराबाट बाग्लुङ जान जम्मा ३७ किलोमिटरको बाटो छ । गाडीमा दुई घण्टामा सहजै पुग्न सकिन्छ । त्यति दुरीको फरकमा २००० भाडा बढी छ । काठमाण्डौ देखि बाग्लुङको दुरी १८२.२६ किलोमिटर छ । छोटो दुरीमै भाडादर महङ्गो भएको जनगुनासो छ । सोमबार तारा एयरको सबमानले परीक्षण उडान सफल अवतरण गरेको थियो । त्यसपछि यही चैत्र ९ गतेदेखि हप्तामा एकदिन तारा एयर र एक दिन नेपाल वायु सेवा निगमले उडान भर्ने भएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले …